खेल


पोखरामा आजदेखि आहा रारा गोल्डकप

उद्घाटन खेलमा आयोजक सहारा र नेपाल पुलिस क्लब भिड्दै
पोखरामा आजदेखि आहा रारा गोल्डकप

नेपालखबर
माघ २२, २०८१ मंगलबार १०:१७, पाेखरा

२४ औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिता आजदेखि पोखरामा सुरु हुदैछ। 

प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहारा क्लब र नेपाल पुलिस क्लब भिड्दैछन्। पोखरा रगंशालामा हुने खेल दिउँसो २ बजेपछि सुरु हुनेछ। 

आहा रारा गोल्डकपको सर्वाधिक सफल क्लब पुलिस क्लब पहिलो खेलमा नै घरेलु टोलीलाई स्तब्ध पार्दै उपाधि होड बलियो बनाउन चाहान्छ। 

उता सहारा भने बलियो टोली पुलिसलाई हराउँदै सुखद सुरुवातको योजनामा छ। 

प्रतियोगितामा यसअघिको पाँच भेटमा पुलिसँग सहारा पराजित भएको छ। सहारा आज त्यो सबै हारलाई बिर्सेर नयाँ सुरुवातको योजनामा छ। 

सहारा सुशिल लामाको कप्तानीमो मैदान उत्रनेछ। पुलिस क्लबको नेतृत्व भजे राम वाजीले गर्नेछन्। 

१२ टोली सहभागी हुने प्रतियोगितामा उज्वेकिस्तानको ब्ल्याक बुल्ससहित ‘ए’ डिभिजन टोलीका साविक विजेता त्रिभुवन आर्मी फुटबल क्लब, थ्री स्टार क्लब, मछिन्द्र, एनआरटी, चर्च ब्वाइज, संकटा क्लब, र नेपाल पुलिस क्लब छन्। यस्तै आयोजना सहारा, एपीएफ, बिग्रेड ब्वाइज युके र भारत सिक्किमको थन्डरबोल्ट नर्थ युनाइटेडले पनि प्रतिस्पर्धा गर्दैछन्।

प्रतियोगितामा प्रिक्वार्टरफाईनलका खेल हेर्न साधारणतर्फ १ सय र भीआईपीतर्फ २ सय रुपैयाँ टिकटदर तोकिएको छ। सेमिफाइनलमा साधारणतर्फ दुईसय  र भीआईपीतर्फ चारसय रुपैयाँ लाग्नेछ। 

फाइनलका दिन साधारणतर्फ तीनसय र भीआईपीतर्फ ५ सय रुपैयाँ टिकट दर तोकिएको छ। प्रतियोगिताको उपाधि विजेताले १२ लाख १ हजार तथा उपविजेता टोलीले ६ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad