नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका मुख्यप्रशिक्षक मोन्टी देसाइको सम्झौता थप नगर्ने भएको छ।
क्यानले शनिबार एक विज्ञप्ती जारी गर्दै प्रशिक्षक देसाइलाई धन्यवाद दिदै बिदाइ गरेको हो।
उनको प्रशिक्षणमा नेपाली पुरुष टोलीले गरेको उत्कृष्ट प्रदर्शन र टिमको सफलतासँग जोडिएका प्रशिक्षण देसाइलाई क्यानले धन्यवाद दिएको छ।
देसाइलाई दुई वर्ष कार्यकाल रहने गरि नियुक्त गरिएकोमा सम्झौता सकिएको र क्यानले सो सम्झौता नवीकरण नगर्ने निर्णय गरेको विज्ञप्तीमा उल्लेख छ।
मोन्टीको प्रशिक्षणमा नेपालले ओडीआइ मान्यता जोगाउनुका साथै विश्वकप छनोट, एसिया कप र दोस्रो पटक टी–२० विश्वकप खेलेको थियो।

180
Shares

प्रतिक्रिया