खेल


यू-१९ विश्वकप : नेपाली बलर हाबी हुँदा १० ओभरमा मलेसियाको २१ रन

यू-१९ विश्वकप : नेपाली बलर हाबी हुँदा १० ओभरमा मलेसियाको २१ रन

नेपालखबर
माघ ११, २०८१ शुक्रबार १३:८, काठमाडौँ

आईसीसी यू– १९ विश्वकप क्रिकेटमा अहिले नेपालले मलेसियासँग खेलिरहेको छ। 

जोहर क्रिकेट एकेडेमी ओभलमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको मलेसियाले खराब प्रदर्शन गरेको छ। 

नेपाली बलरसामु मलेसियाका ब्याटर निरिह देखिएका छन्। १० ओभरको खेल सकिँदा मलेसियाले ५ विकेट गुमाएर मात्रै २१ रन बनाएको छ। 

मलेसियाविरुद्ध कप्तान पूजा महतो र रचना चौधरीले समान २ तथा रिया शर्माले एक विकेट लिइन्। पूजाले ३ ओभरमा ७ रन खर्चिएर २ विकेट हात पार्दा रचनाले २ ओभरमा एक मेडन राख्दै ४ रन खर्चिइन्। रियाले ४ ओभरमा एक मेडनसहित ५ रन मात्रै खर्चिएकी हुन्। 

मलेसियाका दुई ब्याटर शून्य रनमै आउट हुँदा तीन ब्याटरले ५ रन माथि बनाउन सकेनन्। नुनीले ४ रन बनाउँदा हुस्ना र कप्तान नूर दानिया सुहादाले समान ५ रन बनाए। 

नेपाल समूह डी मा र मलेसिया समूह ए मा रहेका थिए। तर दुवै टोली सुपर ६ बाट बाहिरिएकाले प्लेअफमा भिड्न लागेका हुन्। 

नेपाल यसअघि समूहमा बंगलादेश, स्कटल्यान्ड र अस्ट्रेलियासँग पराजित भएको थियो। 

उता मलेसिया भारत, श्रीलंका र वेस्ट इन्डिजसँग पराजित भएको थियो। आज दुवै टोली सान्त्वना जितको खोजीमा छन्। मलेसिया आयोजकका रूपमा पहिलो पटक विश्वकपमा सहभागी भएको हो। नेपाल भने एसिया छनौटबाट विजयी हुँदै विश्वकपमा पुगेको हो। 

प्लेअफपछि चार टोलीको १३ औँदेखि १४ औँ स्थानसम्म तय हुनेछ। १२ टोली भने दुई समूहको सुपर ६ मा पुगेका छन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad