खेल


बार्सिलोनालाई १५ औँ पटक स्पेनिस सुपर कपको उपाधि

रियल मड्रिड ५–२ गोल अन्तरले पराजित
बार्सिलोनालाई १५ औँ पटक स्पेनिस सुपर कपको उपाधि

नेपालखबर
पुस २९, २०८१ सोमबार ७:८, काठमाडौँ

साविक विजेता रियल मड्रिडलाई पराजित गर्दै क्याटलान क्लव बार्सिलोनाले १५ औँ पटक स्पेनिस सुपर कपको उपाधि उचालेको छ। 

साविक विजेता रियल मड्रिडलाई पराजित गर्दै क्याटलान क्लव बार्सिलोनाले १५ औँ पटक स्पेनिस सुपर कपको उपाधि उचालेको छ। 

आइतबार राति साउदी अरेबियाको किङ अब्दुल्लाह स्पोर्टस् सिटीमा भएको फाइनलमा बार्सिलोनाले रियललाई ५–२ गोल अन्तरले हराउँदै उपाधि उचालेको हो। 

खेलको पाचौँ मिनेटमा केलियन एमबाप्पेको गोलमा रियलले सुरुवाती अग्रता बनाएको थियो। भिनिसियस जुनियरको पासमा एमबाप्पेले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। 

तर खेलको २२ औँ मिनेटमा लामिन यामालको गोलमा बार्सा खेलमा फर्किएको थियो। रोबर्टो लेवान्डोस्कीको पासमा लामिनले गोल गरेका थिए। ३६ औँ मिनेटमा लेवान्डोस्कीले पेनाल्टीमा गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे। राफिन्हाले खेलको ३९ र ४८ औँ मिनेटमा गोल थपेका थिए। एक गोल एलेजान्ड्रो बाल्डेले गरे।

खेलको ५६ औँ मिनेटमा बार्सिलोना १० खेलाडीमा सिमित बनेको थियो। त्यसकै फाइदा उठाउँदै रोड्रिगोेले बार्सिलोनाका लागि गोल फर्काए। त्यसपछि खेलमा थप गोल हुन नसक्दा बार्सिलोनाले १५ औँ पटक उपाधि उचाल्न सफल भयो। 

योसँगै बार्सिलोनाले अघिल्लो सिजन फाइनलमा भोगेको हारको बदला समेत लिएको छ। रियलले भने बार्सिलोनालाई हराउँदै उपाधि बराबरी गर्ने सुन्दर मौका गुमाएको छ। 

रियलले १३ पटक सुपर कपको उपाधि जितेको छ। सन् १९३, १९९१, १९९२, १९९४, १९९६, २००५, २००६, २००९, २०१०, २०११, २०१३, २०१६, २०१ र २०२३ मा उपाधि उचालिसकेको छ। सुपर कपको उपाधि १५ पटक जित्ने बार्सिलोना एक्लो टोली हो। बार्सिलोना २ पटक सेमिफाइनलबाट बाहिरिदा १२ पटक उपविजेता बनेको छ। 

रियलले भने १३ पटक उपाधि जित्दा ७ पटक उपविजेतामा सिमिति बनेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad