खेल


आर्मीद्वारा बागमती युथ क्लब पराजित

आर्मीद्वारा बागमती युथ क्लब पराजित

नेपालखबर
पुस १८, २०८१ बिहिबार २०:५४, काठमाडौँ

बागमती युथ क्लबलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लबले एन्फा महिला लिगको अन्तिम चरणमा विजयी सुरुवात गरेको छ।  

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा बिहिबार भएको खेलमा आर्मीले बागमती युथ क्लबलाई २–० ले पराजित गरेको हो।

आर्मीको जितमा दुवै गोल विमला चौधरीले गरिन्। विमलाले पहिलो हाफको २५ औँ मिनेटमा गोल गर्दै आर्मीलाई सुरुवाती अग्रता दिलाएकी थिईन्।

खेलको ७० औँ मिनेटमा विमला चौधरी कै व्यक्तिगत दोस्रो गोल गर्दै आर्मीको अग्रता दोब्बर पारिन्। सपना लामाको कर्नरमा विमलाले हेडर गोल गरिन्। खेलको प्लेअफ अफ दि म्याच समेत बनेकी विमलाले ५ हजार रुपैयाँ पाईन्।  

लिगको पहिलो चरणमा पाचौँ स्थानमा रहेको कोशी प्रदेशले अन्तिम चरण नखेल्ने निर्णयसँगै बागमतीले मौका पाएको हो। बागमती छैटौँ स्थानमा रहेर पहिलो चरण सकाएको थियो।

लिगको अन्तिम चरणमा आर्मी दुई महत्वपुर्ण खेलाडी बिनै मैदान उत्रिएको छ। आर्मीका दिपा शाही र अमिसा कार्कीले अन्तिम चरणको खेल गुमाएका छन्।

गत कार्तिकमा घरेलु मैदानमा भएको साफ महिला च्याम्पियनसिपमा घुँडामा चोट लागेपछि दिपा मैदान बाहिर छिन्। अमिसा भने आर्मीको आन्तरिक प्रशिक्षणमा छिन्।  

लिगमा शुक्रबार नेपाल पुलिस क्लब र वालिङ नगरपालिका खेल्नेछन्। सो खेल दिउँसो ३ बजेपछि सुरु हुनेछ।

लिगको अन्तिम चरणमा तीन विभागीय टोलीसँगै बागमती र वालिङ नगरपालिका सहभागी छन्। लिग चरणको खेलपछि शीर्ष चारमा रहने टोलीले प्लेअफमा स्थान बनाउनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad