भारतीय पूर्वक्रिकेटर विनोद काम्बली अस्पतालमा भर्ना भएका छन्।
समाचार एजेन्सी पीटीआईका अनुसार डिसेम्बर २१ मा उनको स्वास्थ्य बिग्रिएपछि उनी महाराष्ट्रको थानेस्थित आकृति अस्पताल भर्ना भएका हुन्।
५२ वर्षीय काम्बलीलाई उनका एक फ्यानले अस्पतालमा भर्ना गरेका हुन्।
विनोद काम्बलीको अवस्था स्थिर रहेको बताइएको छ। तर उनी अस्पतालमा भर्ना हुनुको कारण खुल्न सकेको छैन।
अस्पतालले काम्बलीको उपचारको जिम्मा लिएको र आर्थिक सहयोग गर्ने आश्वासन पनि दिएको जनाएको छ।
171
Shares

प्रतिक्रिया