खेल


एसीसी महिला यू–१९ एसिया कपमा पाकिस्तानविरुद्ध नेपालको ऐतिहासिक जित

एसीसी महिला यू–१९ एसिया कपमा पाकिस्तानविरुद्ध नेपालको ऐतिहासिक जित

नेपालखबर
पुस १, २०८१ सोमबार १४:५८, काठमाडौँ

१९ वर्षमुनिको नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले पूजा महतोको अलराउन्ड प्रदर्शनमा पाकिस्तानलाई पहिलोपटक पराजित गरेको छ। 

मलेसियामा सोमबार भएको एसीसी महिला यू–१९ एसिया कपमा नेपाल पाकिस्तानविरुद्ध ६ विकेटले विजयी भएको हो। 

क्वाला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पाएको यो जित नेपालका लागि पाकिस्तानविरुद्ध पहिलो हो। 

पाकिस्तानले २० ओभर खेल्दै ५ विकेट क्षतिमा १०४ रन बनाएको थियो। १०५ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो। 

नेपालका लागि साना प्रवीनले १०, सावित्री धामीले ८, पूजा महतोले ४७, सोनी पाख्रिनले १३ रन बनाइन्। ज्योत्स्निका मरासिनी शून्य रनमा आउट हुँदा सिमानाले १२ रन जोडिन्। 

तस्बिर : क्यान

बलिङतर्फ पाकिस्तानकी फातिमा खान र महनुर जेबले समान १ विकेट लिए। बाँकी ३ बलरले नेपालको विकेट झार्न सकेनन्। 

त्यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानका लागि कोमल खानले ३८, फिज्जा फियाज ०, रवाइल फरहान १३, अरिशा अन्सारी १, महाम अनीस २९, जुफिशान आयाज १२ र फातिमा खानले ६ रन बनाएका थिए। 

बलिङतर्फ नेपालले पाकिस्तानको ५ विकेट झारेको थियो। नेपालका लागि पूजा महतोले २, रचना चौधरी, रिया शर्मा र सिमाना केसीले समान १ विकेट लिँदा अनु कडायत र कृश्मा गुरुङले विकेट झार्न सकेनन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad