खेल


सुदूरपश्चिमलाई कर्णालीले जिते जनकपुर र काठमान्डुलाई लाग्नसक्छ धक्का

कर्णाली र काठमान्डुमध्ये एउटा बाहिरिने पक्का
सुदूरपश्चिमलाई कर्णालीले जिते जनकपुर र काठमान्डुलाई लाग्नसक्छ धक्का

नेपालखबर
पुस १, २०८१ सोमबार ६:४६, काठमाडौँ

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा आज (सोमबार) सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स भिड्दै छन्।

दुई टोलीबीच कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे प्रतिस्पर्धा सुरु हुनेछ।

लिग चरणको अन्तिम खेल सकिएपछि जारी पहिलो संस्करणको एनपीएलका शीर्ष चार टोलीको टुंगो लाग्नेछ भने बाँकी चार टोली लिगबाट बाहिरिनेछन्। 

प्लेअफका लागि सुदूरपश्चिम र जनकपुर यसअघि नै छनोट भइसकेका छन्। तर आजको अन्तिम खेलको नतिजाले तीन टोलीको स्थान तय हुनेछ। 

लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिम र कर्णाली मात्र हैन, जनकपुर र काठमान्डु गुखार्जको पनि नजर हुनेछ।

किनकि कर्णालीले जिते जनकपुरको सिधै क्वालिफायर्स खेल्ने सम्भावनामा धक्का पुग्ने छ भने काठमान्डु लिग चरणबाटै बाहिरिनेछ।

आजको खेलमा विजयी भए कर्णाली पनि क्वालिफायर पुग्ने सम्भावना समेत छ भने नभए प्लेअफमा स्थान सुरक्षित गर्नेछ।

त्यसैले आज कर्णाली सुदूरपश्चिमलाई जित्नैपर्ने दबाबमा हुनेछ। 

नेटरनरेटमा अहिले पछि रहेको कर्णाली आवश्यक नेट रनरेट नभए तेस्रो स्थानमा रहेर एलिमिनेटर खेल्नेछ। 

हार भएको अवस्थामा पनि कर्णालीलाई नेटरनरेटकै महत्त्व हुनेछ।

आजको खेलमा कर्णाली फराकिलो अन्तरले हारे लिगबाट बाहिरिने छ भने काठमान्डु प्लेअफमा पुग्ने समीकरण बन्ने छ। 

नेटरनरेटमा काठमान्डु र कर्णालीभन्दा चितवन अगाडि छ। त्यसैले यो नतिजाले चितवनलाई भने केही फरक पर्ने छैन।

समान अंक भए पनि चितवन ढुक्क छ।

सुदूरपश्चिम भने आजको खेलमा कर्णालीलाई हराउँदै पहिलो क्वालिफायर खेल्न चाहन्छ। हारे पनि क्वालिफायर खेल्ने सम्भावना सुदूरपश्चिमको बलियो छ। 

एनपीएलको प्लेअफमा पुग्ने शीर्ष दुई टोलीले पहिलो क्वालिफायर्स खेल्नेछन्।

सो खेलको विजेताले सिधै फाइनलमा स्थान बनाउनेछ। हार्ने टोलीले भने दोस्रो क्वालिफायर्स खेल्नेछ। 

तेस्रो र चौथो स्थानमा रहने टोलीले एलिमिनेटर खेल्नेछन्। यो खेलको विजेताले पहिलो क्वालिफायर्समा पराजित टोलीसँग फाइनल प्रवेशका लागि भिड्नेछ। 

लिग चरणबाट लुम्बिनी लायन्स, विराटनगर किंग्स र पोखरा एभेन्जर्स बाहिरिसकेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad