नेपाल प्रिमियर लिगमा चितवन राइनोजविरुद्ध ब्याटिङ थालेको विराटनगर किङ्सले खराब सुरुवात गरेको छ। विराटनगरले पहिलो ओभरमै दुई विकेट गुमाएको हो।
दोस्रो बलमै ओपनर लोकेश बमलाई गुमाएको विराटनगरले दीपक बोहरालाई ४ रनमै गुमायो।
दुवैलाई रिजन ढकालले बोल्ड आउट गरेका हुन्।
टस जितेर विराटनगरले पहिले ब्याटिङ रोजेको हो। आजको खेल जिते चितवनको प्लेअफ सम्भावना बलियो हुनेछ। तर विराटनगरलाई भने अब जिते पनि प्लेअफ असम्भव जस्तै भइसकेको छ।
39
Shares

प्रतिक्रिया