खेल


लुम्बिनीविरुद्ध सुदूरपश्चिमका ओपनर सैफ जैवको अर्धशतक

लुम्बिनीविरुद्ध सुदूरपश्चिमका ओपनर सैफ जैवको अर्धशतक

लुम्बिनीविरुद्ध जारी खेलमा सुदूरपश्चिम टोलीका खेलाडी। तस्बिर : सरोज नेपाल


नेपालखबर
मंसिर २२, २०८१ शनिबार १०:०, काठमाडौँ

काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सका अ‍ोपनर सैफ जैवले अर्धशतक पूरा गरेका छन्।

उनले ११ .१ ओभरमा ३९ बलमा ६ चौका र २ छक्का सहयोगमा अर्धशतक पूरा गरेका हुन्। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको सुदूरपश्चिमले १२ ओभरको खेल जारी रहँदा १ विकेटको क्षतिमा ९१ रन बनाएर खेलिरहेको छ।

१३ बलमा २ चौका बनाएका ओपनर विनोद भण्डारी १७ रन बनाउँदा रोहित पौडेलको बलमा सन्दीप जोराको हातबाट क्याच आउट हुन पुगे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad