खेल


दोस्रो जितको खोजीमा कर्णाली र विराटनगर (प्रिभ्यु)

दोस्रो जितको खोजीमा कर्णाली र विराटनगर (प्रिभ्यु)

नेपालखबर
मंसिर २२, २०८१ शनिबार १२:३०, काठमाडौँ

शनिबार नेपाल प्रिमियर लिगमा हुने दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किंग्स भिड्दै छन्। 

सो खेल सोही मैदानमा दिउँसो १ बजे सुरु हुनेछ। 

२ खेलमा हार र एक खेलमा जित निकालेको कर्णाली लगातार दोस्रो जितको खोजीमा छ।

सोमपाल कामीको कप्तानीमा रहेको कर्णाली दोस्रो जितका साथ प्लेअफ सम्भावना बलियो बनाउन चाहन्छ। पछिल्ला दुई खेलमा उच्च रनको योगदान दिएका शिखर धवनको साथ पाएको कर्णाली एनपीएलमा अब जितको यात्रालाई कायम राख्न चाहन्छ। 

कर्णाली पहिलो खेलमा जनकपुर बोल्ट्ससँग ८ विकेटले पराजित भएको थियो। दोस्रो खेल भने काठमान्डु गुखार्जसँग ३ विकेटले गुमाएको थियो। कर्णाली शनिबार भएको खेलमा चितवनलाई ६ विकेटले हराएको थियो। 

अर्कोतर्फ सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किंग्स एनपीएलमा चौथो खेल खेल्न लागेको हो। दुई खेलमा हार र १ खेलमा जित निकालेको विराटनगर लगातार दोस्रो जितको खोजीमा छ। 

विराटनगर पहिलो खेलमा जनकपुर बोल्ट्ससँग ८ विकेटले पराजित भएको थियो। दोस्रो खेलमा सुदूरपश्चिमसँग ८७ रनले पराजित भएको थियो। एनपीएलको तेस्रो खेलमा विराटनगरले लुम्बिनीलाई २ विकेटले हराउँदै पहिलो जित निकालेको थियो। 

एनपीएलअन्तर्गत शनिबार हुने रोमाञ्चक खेलका लागि सबै टिकट बिक्री भइसकेको क्यानले बताएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad