खेल


जनकपुरलाई कर्णालीले दियो १४२ रनको लक्ष्य

जनकपुरलाई कर्णालीले दियो १४२ रनको लक्ष्य

नेपालखबर
मंसिर १७, २०८१ सोमबार १४:३४, काठमाडौँ

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा कर्णाली याक्सले जितका लागि जनकपुर बोल्ट्ससामु १ सय ४२ रनको लक्ष्य प्रस्तुत गरेको छ। 

जारी एनपीएलमा बनेको यो सर्वाधिक योगफल हो। यसअघि पहिलो खेलमा विराटनगरविरुद्ध जनकपुरले १ सय २८ रनको लक्ष्य पूरा गर्दै पहिलो जित निकालेको थियो।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ४१ रनको योगफल तयार पारेको हो। 

सातौँ विकेटका लागि अर्जुन घर्ति र सोमपाल कामीले ५६ रनको साझेदारी गरेपछि कर्णालीले मध्यम योगफल तयार पारेको हो। 

अर्जुनले १९ औँ ओभरमा लगातार दुई छक्का र २ चौका प्रहार गरे। २२ बलमा २ चौका र २ छक्का प्रहार गर्दै ३३ रन बनाएका अर्जुन रनआउट भए। सोमपाल १३ बलमा २९ रनमा नटआउट रहे। नन्दन यादव शुन्य रनमा अविजित रहे। 

अलराउण्डर गुल्सन झाले बनाएको ३६ रन नै कर्णालीका लागि सर्वाधिक रह्यो। 

गुल्सनले २७ बलमा १ चौका र ३ छक्का सहयोगमा ३६ रन बनाउँदा किशोर महतोको बलमा बोल्ड आउट भए।

त्यसअघि १४ बलमा १४ रन बनाएका शिखर धवन पाचौँ ओभरको दोस्रो बलमा हर्ष ठाकेरको बलमा बोल्ड आउट भए। ओपनर देव खनाल १ रन बनाएर आउट भए। 

जनकपुरका ललित राजवंशीले दोस्रो ओभरको दोस्रो बलमा देवलाई बोल्ड आउट गरे। बाबर हायात १२ रन बनाउँदा क्याच आउट भए। 

जिसन मक्सुद शुन्य रनमा नै जेम्स निसमको बलमा एलबीडब्लु धरापमा परे। चाडविक वाल्टन १ रनमा मोहम्मद मोहसिनको बलमा एलबीडब्लु आउट भए। 

जनकपुरका लागि मोहम्मद मोहसिनले दुई विकेट लिए। किशोर महतो, ललित राजवंशी, हर्ष ठाकेर र जेम्स निसमले समान एक विकेट लिए। 

लगातार दोस्रो जितको खोजीमा रहेको जनकपुरले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad