कर्णाली याक्सका अलराउण्डर गुल्सन झा ३६ रन बनाउँदै पेभेलियन फर्केका छन्।
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्सविरुद्धको खेलमा गुल्सन ३६ रन बनाउँदा किशोर महतोको बलमा बोल्ड आउट भए। गुल्सनले २७ बलमा १ चौका र ३ छक्का प्रहार गरे।
१४ बलमा १४ रन बनाएका शिखर धवन पाचौँ ओभरको दोस्रो बलमा हर्ष ठाकेरको बलमा बोल्ड आउट भए। ओपनर देव खनाल १ रन बनाएर आउट भए। जनकपुरका ललित राजवंशीले दोस्रो ओभरको दोस्रो बलमा देवलाई बोल्ड आउट गरे। बाबर हायात १२ रन बनाउँदा क्याच आउट भए।
जिसन मक्सुद शुन्य रनमा नै जेम्स निसमको बलमा एलबीडब्लु धरापमा परे। चाडविक वाल्टन १ रनमा मोहम्मद मोहसिनको बलमा एलबीडब्लु आउट भए।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुर वाल्ट्सविरुद्ध टस जितेर ब्याटिङ गरिरहेको कर्णालीले १६ औँ ओभरको खेल जारी रहँदा ६ विकेट गुमाएर ७९ रन बनाएर खेलिरहेको छ।
Shares

प्रतिक्रिया