खेल


विराटनगरले एनपीएल जिते ३० लाख दिने मुख्यमन्त्री कार्कीको घोषणा

विराटनगरले एनपीएल जिते ३० लाख दिने मुख्यमन्त्री कार्कीको घोषणा

नेपालखबर
मंसिर १२, २०८१ बुधबार १६:४, काठमाडौँ

कोसी प्रदेश सरकारले विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जिते ३० लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ।

विराटनगरका किङ्सका खेलाडीलाई बिदाइ गर्दै कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले  विजेता बनेमा ३० लाख पुरस्कार दिने घोषणा गरेका हुन्। 

नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिगको लागि कोसी प्रदेशबाट विराटनगर किङ्सले सहभागिता जनाउँदै छ।

मुख्यमन्त्री कार्कीले टोलीलाई जितको शुभकामना  दिँदै खेल क्षेत्रमा निजी क्षेत्रको सहभागिताले थप आकर्षण बढेको  बताए। 

‘खेलकुद क्षेत्रमा प्रदेश सरकारको स्रोत साधनले भ्याएसम्म सहयोग गर्न सरकार तयार रहेको छ,’ मुख्यमन्त्री कार्कीले भने, ‘आगामी दिनमा खेलकुदको विकासकालागि थप योजनाहरू अघि सारिनेछ ।’ 

विराटनगर किङ्सका मुख्य प्रशिक्षक केभिन ओ ब्रायनले नेपाल प्रिमियर लिगमा आक्रामक खेल्ने बताए। एनपीएल काठमाडौँको कीर्तिपुरस्थित मैदानमा मङ्सिर १५ गतेदेखि पुस ६ गतेसम्म सञ्चालन हुनेछ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad