अस्ट्रेलियाकी पौडी खेलाडी एम्मा म्याकिओनले सन्न्यासको घोषणा गरेकी छन्।
उनले सोमबार इन्स्टाग्राममा लेखेकी छन्, ‘पेरिस ओलम्पिक खेल्दै गर्दा मलाई यो मेरो अन्तिम ओलम्पिक हुनेछ भन्ने थाहा थियो।’
म्याकिओनले तीन ओलम्पिक खेलमा ६ स्वर्णसहित १४ पदक जितिसकेकी छन्।
उनले भनेकी छन्, ‘मेरो स्विमिङ करियरले मलाई शारीरिक र मानसिक रूपमा सबथोक दिएकामा म गर्व गर्छु।’
आफू के गर्न सक्षम छु भनेर हेर्न चाहेको र त्यो गरेर देखाएको उनले उल्लेख गरेकी छन्।
अब जीवनका थप चिज प्राप्त गर्न कसरी सक्छु भन्ने हेर्न उत्सुक रहेको उनले बताएकी छन्।
एम्मा म्याकिओनले पेरिस ओलम्पिकमा तीन पदक जितेकी थिइन्।
102
Shares

प्रतिक्रिया