बिहारको राजगिरस्थित हक्की स्टेडियममा आइतबार भएको महिला एसियन च्याम्पियन्स ट्रफीको खेलमा भारतीय महिला हक्की टोलीले जापानलाई ३-० ले हराएको छ।
यो जितसँगै भारतीय टोली अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
भारतका लागि यो खेलमा दीपिकाले दुई गोल (४७औँ र ४८औँ मिनेटमा) र नवनीत कौरले (३७औँ मिनेटमा) एक गोल गरिन्।
यो जितसँगै भारतीय महिला हक्की टोली सेमिफाइनलमा प्रवेश गरेको छ। जारी च्याम्पियन्स ट्रफीमा भारतीय महिला हक्की टोलीको यो लगातार पाँचौँ जित हो।
टोलीले यसअघि थाइल्यान्ड, मलेसिया, दक्षिण कोरिया र चीनलाई हराएको थियो।
159
Shares

प्रतिक्रिया