खेल


एस्टोन भिल्लालाई पराजित गर्दै लिभरपुल शीर्ष स्थानमा

एस्टोन भिल्लालाई पराजित गर्दै लिभरपुल शीर्ष स्थानमा

नेपालखबर
कात्तिक २५, २०८१ आइतबार ५:३६, काठमाडौँ

एस्टोन भिल्लालाई पराजित गर्दै लिभरपुल इङलिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ। 

शनिबार राति एनफिल्डमा भएको खेलमा लिभरपुलले एस्टोन भिल्लालाई २–० गोल अन्तरले पाखा लगाएको हो। 

लिभरपुलको जितमा डार्विन नुनेज र मोहम्म सलाहले समान एकएक गोल गरे। 

पहिलो हाफको २० औँ मिनेटमा नुनेजको गोलमा लिभरपुलले सुरुवाती अग्रता बनाएको थियो। मोहम्मल सलाहले मिलाएको पासमा नुनेजले बललाई पोष्टको जाली चुमाएका थिए। 

खेलको ८४ औँ मिनेटमा सलाहको गोलमा लिभरपुलले २–० को जित दर्ता गरेको हो। यो जितसँगै लिभरपुल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। 

११ खेलमा ९ खेलमा जित, १ खेलमा बराबरी र १ खेलमा हार भोगेको लिभरपुलको २८ अंक छ। 
समान खेलबाट दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको २३ अंक छ। सिटीले लिगमा ७ खेलमा जित, समान २ खेलमा बराबरी र हारको नतिजा ल्याएको छ। 

गएराति नै भएको खेलमा सिटी ब्राइटनसँग २–१ ले पराजित भयो। वुल्भ्सले साउथहेप्टनमाथि २–० को जित दर्ता गर्दा फुलहामले क्रिस्टल प्यालेसमाथि २–० को नै जित दर्ता गरेको छ। 

अर्को खेलमा ब्रेनफोर्डले एफसी वर्नमाउथलाई ३–२ को जित निकाल्दा वेस्ट ह्याम र एभर्टनले भने गोलरहित बराबरी खेल्दै अंक बाँडे।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad