खेल


एनपीएल प्रसारण गर्ने प्रस्तावमा स्टार स्पोर्ट्स सकारात्मक

एनपीएल प्रसारण गर्ने प्रस्तावमा स्टार स्पोर्ट्स सकारात्मक

नेपालखबर
कात्तिक २३, २०८१ शुक्रबार १७:३५, काठमाडौँ

आगामी मंसिर १५ गतेबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) को प्रसारण अधिकारका लागि स्टार स्पोर्ट्स नेटवर्क इच्छुक देखिएको छ। एनपीएलको स्ट्राटेजिक एण्ड कमर्सियल अधिकार लिएको ब्रान्ड लजिकले यसबारे जानकारी दिँदै अन्तिम छलफल भइरहेको जानकारी गराएको छ। 

भारतीय स्पोर्ट्स च्यानल स्टार स्पोर्ट्स नेटवर्कसँग भएको छलफल सकारात्मक भएको र छिट्टै यसबारे जानकारी गराउने ब्रान्ड लजिकले बताएको छ। 

ब्राण्ड लजिकका प्रमुख कार्यकारी अधिकारी रोशन निरौलाका अनुसार एनपीएलको प्रसारण अधिकार दिनेबारे स्टार स्पोर्ट्स नेटवर्कसँगको छलफलबारे छिट्टै सकारात्मक नतिजा आउने बताए। 

‘नेपाली क्रिकेट फ्यानहरू सधैँ खेलको प्रसारण गुणस्तरलाई लिएर चिन्तित हुनुहुन्छ। हामी नेपाली क्रिकेटलाई माया गर्ने समर्थकहरूको खेल हेर्दाको अनुभवलाई राम्रो बनाउने विषयप्रति एकदमै सचेत छौँ,’ उनले भने, ‘एनपीएललाई विश्वस्तरीय लिग बनाउने हाम्रो लक्ष्यमा खेलको राम्रो क्वालिटीको उत्पादन र प्रसारण अत्यन्त महत्त्वपूर्ण हुन्छ। यही कारणले हामी विश्वस्तरीय उत्पादन र प्रसारण सम्बन्धी अनुभव कम्पनीहरूसँग छलफलमा थियौँ। स्टार स्पोर्ट्ससँगको छलफल अहिले अन्तिम चरणमा पुगेको छ र हामी छिट्टै सकारात्मक नतिजा सार्वजनिक गर्छौं।”

स्टार स्पोर्ट्स विश्वव्यापी रूपमा सबैभन्दा धेरै हेरिने खेल च्यानलमध्ये एक हो, जसले एनपीएललाई नेपाल भित्रमात्र सीमित नगरी दक्षिण एसियालगायत अन्तर्राष्ट्रिय दर्शकहरूसम्म पुऱ्याउनेछ।

नेपाली र अन्तर्राष्ट्रिय खेलाडीहरूको मिश्रणले यो प्रतियोगितालाई थप रोमाञ्चक बनाउने निश्चित छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad