खेल


विश्वकप लिग-२ : वर्षाका कारण नेपाल र स्कटल्यान्डको अन्तिम खेल रद्द

विश्वकप लिग-२ : वर्षाका कारण नेपाल र स्कटल्यान्डको अन्तिम खेल रद्द

नेपालखबर
कात्तिक २०, २०८१ मंगलबार ७:५३, काठमाडौँ

आईसीसी विश्वकप लिग-२ अन्तर्गत अमेरिकामा भएको त्रिकोणात्मक ओडीआई सिरिजमा नेपाल र स्कटल्यान्डबीचको अन्तिम खेल रद्द भएको छ। 

अमेरिकाको डालासस्थित ग्रान्ड प्रेरी स्टेडियममा स्कटल्यान्डले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले ५ ओभरमा १ विकेटको क्षतिमा २६ रन बनाउँदा वर्षाका कारण खेल रोकिएको थियो।

वर्षासँगै आँधी आउने सम्भावनाका कारण अम्पाएरले मैदान निरीक्षण गर्दै खेल रद्द गरेका हुन्। 

सिरिजको अन्तिम खेल रद्द भएसँगै दुवै टोलीले एक/एक अंक बाँडेका छन्।

सिरिजमा स्कटल्यान्डससँगको पहिलो खेलमा नेपाल ५ विकेटले विजयी भएको थियो। अमेरिकासँग नेपाल भने दुवै खेलमा हार्‍यो।

अमेरिकासँग नेपाल पहिलो खेलमा ३ र दोस्रो खेलमा ३७ रनले पराजित भएको हो। 

सिरिजमा १२ खेल खेलेको नेपालले २ खेलमा जित, ८ खेलमा हार र २ अंक रद्द भएसँगै ६ अंकसहित सातौँ स्थानमा छ।

लिग-२ मा १२ खेल खेलिसक्दा नेपालले नेदरल्यान्ड र स्कटल्यान्डविरुद्ध एक/एक जित हात पार्न सक्यो। 

नेपालभन्दा एक खेल कम खेलेको स्कटल्यान्ड ६ खेलमा जित, २ खेलमा हार हार र २ अंक बाँड्दै १४ अंकसहित तालिकाको तेस्रो स्थानमा छ। 

घरेलु टोली अमेरिकाले १२ खेलमा ८ खेलमा जित र ४ खेलमा हार भोग्दै १६ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ।

खेल रद्द भएसँगै नेपालको अमेरिका भ्रमण पनि सकिएको छ।

नेपाली क्रिकेट टोलीले अब लिग २ अन्तर्गतकै अर्को सिरिजका लागि २०२५ मेमा स्कटल्यान्ड भ्रमण गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad