ब्राजिलका सुपरस्टार नेयमार एक वर्षभन्दा बढी समयपछि खेलमा फर्किएका छन्।
अल हिलाल फरवार्ड सोमबार यूएईमा एसियाली च्याम्पियन अल ऐनविरुद्ध ५–४ को जित निकालेको खेलमा दोस्रो हाफमा मैदान प्रवेश गरेका हुन्।
पूर्व बार्सिलोना र पेरिस सेन्ट–जर्मेनका ३२ वर्षीय फरवार्ड गत वर्ष अक्टोबरमा अन्तर्राष्ट्रिय खेलका क्रममा बायाँ घुँडाको चोटका कारण खेल्न सकेका थिएनन्।
शल्यक्रियापछि लामो समय विश्राम लिएका नेमार १२८ खेलमा ७९ गोलसहित आफ्नो देशका सर्वाधिक गोलकर्ता हुन्।
चोटपछि पहिलो पटक हिलालको बेन्चबाट उनी अल ऐनको हेभिङ हज्जान बिन जायेद स्टेडियममा ७६ औँ मिनेटमा मैदान प्रवेश गरेका थिए।
नेयमार मैदान प्रवेश गर्दा हिलालले ५–३ को अग्रता लिइसकेको थियो।
साउदी प्रो लिगको कीर्तिमानी चार पटकको एसियाली च्याम्पियन हिलाल, रेनान लोदी र सर्गेज मिलिन्कोभिक–साभिकको एक एक गोल तथा सलेम अल डावसरीको ह्याट्रिकमा ५–३ को अग्रता लिएका थियो।
हिलालले २६ औँ मिनेटमै अग्रता लिएको थियो। पूर्व न्यूक्यासल युनाइटेड र फुलह्याम स्ट्राइकर एलेक्सान्डर मिट्रोभिकको पासमा लोदीले गोल गरे।
तर, हाफ टाइमभन्दा ६ मिनेटअघि अल ऐन बराबरीमा फर्कियो।
त्यो बराबरी पहिलोहाफसम्म टिक्न सकेन। अतिरिक्त समयमा हिलालले दुई गोल थप्यो। खेलको अन्तिममा हिलाल केही दबाबमा परे पनि त्यसअघि नै ५–३ को अग्रता बनाएकाले उसको जितलाई रोक्न सकेन।
८२ औँ मिनेटमा हिलाल १० खेलाडीमा सिमित भयो। अतिरिक्त समयको छैटौँ मिनेटमा अल ऐनले पेनाल्टीमा एक गोल थपेपछि खेल ५–४ मा सकियो।
लामो समयपछि छोटो समयका लागि मैदान फर्किएका नेयमारले खेलमा प्रभाव भने देखाउन सकेनन्। उनी चोटकै कारण मैदान फर्किने समय निश्चित नहुँदा साउदीको लिगमा दर्ता भएका छैनन्।
यसका लागि उनले जनवरीसम्म कुर्नुपर्ने छ।
Shares

प्रतिक्रिया