खेल


टी-२० महिला विश्वकप: अस्ट्रेलियासँग हार्‍यो भारत, अब सेमिफाइनल पुग्न कठिन

टी-२० महिला विश्वकप: अस्ट्रेलियासँग हार्‍यो भारत, अब सेमिफाइनल पुग्न कठिन

नेपालखबर
असोज २८, २०८१ सोमबार ७:३९, काठमाडौँ

आईसीसी महिला टी-२० विश्वकपको महत्त्वपूर्ण खेलमा अस्ट्रेलियाले भारतलाई ९ रनले हराएको छ।

आइतबार भएको खेलमा पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले २० ओभरमा १५१ रन बनाएको थियो। जवाफमा भारतीय टोलीले २० ओभरमा ९ विकेट गुमाएर १४२ रन मात्र बनाउन सक्यो। 

यो रोमाञ्चक खेलमा भारतीय कप्तान हरमनप्रित कौरले ५४ रन बनाए पनि टोलीलाई जित दिलाउन सकिनन्।

शफाली बर्माले २० र दीप्ती शर्माले २९ रनको योगदान दिए।

यसअघि अस्ट्रेलियाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो।

अस्ट्रेलियाका लागि ग्रेस ह्यारिसले सर्वाधिक ४० रन बनाइन्। तालिया म्याकग्रा र एलिस पेरीले ३२–३२ रनको योगदान दिए।

भारतका लागि रेणुका सिंह र दीप्ती शर्माले २–२ विकेट लिए।

अब आज सोमबार न्युजिल्यान्ड र पाकिस्तानबीचको खेल हुँदै छ। न्युजिल्यान्डले जित्यो भने ऊ सेमिफाइनल पुग्ने छ।

पाकिस्तानले न्युजिल्यान्डलाई हरायो भने राम्रो नेट रन रेटका आधारमा भारत सेमिफाइनल पुग्ने सम्भावना बढ्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad