खेल


महिला टी-२० विश्वकप : भारतले पाकिस्तानलाई ६ विकेटले हरायो

महिला टी-२० विश्वकप : भारतले पाकिस्तानलाई ६ विकेटले हरायो

नेपालखबर
असोज २०, २०८१ आइतबार २०:३८, काठमाडौँ

महिला टी-२० विश्वकपको सातौँ खेलमा भारतले पाकिस्तानलाई ६ विकेटले हराएको छ।

पाकिस्तानले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो। २० ओभरको अन्त्यमा पाकिस्तानी टोलीले ८ विकेट गुमाएर १०५ रन मात्र बनाउन सक्यो। 

पाकिस्तानका लागि निदा डारले सर्वाधिक २८ रनको इनिङ खेलिन्। भारतका लागि अरुन्धती रेड्डीले सर्वाधिक ३ विकेट लिइन्।

१०६ रन बनाउन निस्केको भारतीय टोलीको सुरुवात पनि राम्रो भएन। १८ रनको कूल स्कोरमा भारतीय टोलीको पहिलो विकेट खसेको थियो।

ओपनर स्मृति मन्धानाले मात्र ८ रन बनाउन सकिन् र सादिया इकबालको सिकार भइन्।

भारतका लागि शेफाली बर्माले सर्वाधिक ३२ रन बनाइन्।

टोली जितबाट दुई रन टाढा हुँदा कप्तान हरमनप्रित कौर २९ रन बनाएर रिटायर्ड हर्ट भइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad