ad ad

खेल


एभरेस्ट वुमन्स भलिबल लिग : ललितपुर र चितवनको प्रोटेस्ट, खेल अवरुद्ध

एभरेस्ट वुमन्स भलिबल लिग : ललितपुर र चितवनको प्रोटेस्ट, खेल अवरुद्ध

नेपालखबर
असोज १८, २०८१ शुक्रबार १६:५९, काठमाडौँ

एभरेस्ट वुमन्स भलिबल लिग (इडब्ल्यूभीएल) को शुक्रबारको खेल अवरुद्ध बनेको छ। नियम विपरित खेलाडी खेलाइएको भन्दै गण्डकी, कर्णाली र काठमाडौँविरुद्ध ललितपुर र चितवनले प्रोटेस्ट हालेपछि खेल अवरुद्ध बनेको हो। 

गण्डकीले पनि सोइङ थापालाई टोलीमा राखेपछि ललितपुर र चितवनले प्रश्न उठाएका हुन्। 

प्रतियोगिताको नियम अनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको खेल खेलेका खेलाडीलाई ट्यालेन्ट हन्टमा छनोट गर्न नपाउने प्रावधान छ।

तर तीन टोलीले भने उक्त नियम तोडिएको पाइएको भन्दै उजुरी परेको हो। 

काठमाडौंकी रितिका भट्ट र कर्णालीकी सीता सेन ठकुरीलाई ट्यालेन्ट हन्टबाट छनोट भएका खेलाडीको रुपमा खेलाएकोमा चितवनले विरोध गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .