आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक ओडीआई सिरिजमा ओमानविरुद्ध खेल्ने नेपाली टोलीमा ब्यापक हेरफेर गरिएको छ।
ओमानले टस जितेर पहिले फिल्डिङ रोजेको छ। पहिले ब्याटिङ गर्न लागेको नेपालले यसअघिको टोलीमा तीन खेलाडी परिवर्तन गरेको छ। पहिलो खेलमा क्यानडाविरुद्ध उत्रिएका ओपनर कुशल भुर्तेत, दीपेन्द्र सिंह ऐरी र कुशल मल्ल टोलीमा परेका छैनन्।
उनीहरुलाई बेन्चमा राख्दै प्रशिक्षक मोन्टी देसाईले अनिल साह, आरिफ सेख र अर्जुन साउदलाई मौका दिएका छन्। अरु ८ खेलाडी भने क्यानडाविरुद्ध उत्रिएकै टोलिका छन्।
किङ्स सिटीमा हुने खेलमा नेपाली टोलिमा कप्तान रोहित पौडेल, आसिफ शेख, भिम सार्की, गुल्सन झा, सोमपाल कार्मी, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी समेटिएका छन्।
यसअघि पहिलो खेलमा नेपाल क्यानडासँग १०३ रनले पराजित गरेको थियो। उक्त खेलमा कुशल भुर्तेल १० बल खेलेर १ रनमा आउट भएका थिए। कुशल मल्लले ४१ बलमा १२ रन जोडेका थिए भने दिपेन्द्र सिंह ऐरीले १० बलमा ८ रन जोडेका थिए।
पहिलो खेलको खराब प्रदर्शनकै कारण उनीहरुले टोलिमा स्थान गुमाएका हुन्।
Shares
प्रतिक्रिया