ad ad

खेल


एसियाली खेलकुद पत्रकारलाई नेपालका होटलमा १० प्रतिशत छुट

एसियाली खेलकुद पत्रकारलाई नेपालका होटलमा १० प्रतिशत छुट

नेपालखबर
भदौ २७, २०८१ बिहिबार १५:५९, काठमाडौँ

एसियाली खेलकुद पत्रकारहरूको छाता संगठन एआईपीएस एसिया र होटल एसोसिएसन नेपाल अफ नेपाल (हान) बीच सम्झौता भएको छ।

एआईपीएस एसियाको २५औं कंग्रेसको अवसरमा आयोजित कार्यक्रममा बिहीबार हान र एआईपीएस एसियाबीच सम्झौता भएको हो।

हानका अध्यक्ष विनायक शाह र एआईपीएस एसियाका अध्यक्ष ही दोङ जङबीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो।

सो सम्झौताअनुसार एआईपीएस एसियाका एक हजारभन्दा बढी सदस्य पत्रकारले नेपाल आउँदा होटल सुविधामा १० प्रतिशत छुट प्राप्त गर्नेछन्।

यसै अवसरमा हानले एआईपीएस एसियाका अध्यक्ष दोङलाई नेपालको सदभावना दूतको रूपमा पनि नियुक्त  गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .