श्रीलंकाको कोलोम्बोमा हुने काभा यू–२० मेन्स भलिबल च्याम्पियनसिपका लागि १८ सदस्यीय प्रारम्भिक टोलीको घोषणा भएको छ।
नेपाल भलिबल संघले आइतबार १८ सदस्यीय प्रारम्भिक भलिबल टोलीको घोषणा गरेको हो।
प्रारम्भिक टोलीमा गण्डकी प्रदेशका सर्वाधिक ६, सुदुरपश्चिम र लुम्बिनी प्रदेशका समान ४, बागमती, कोशी, कर्णाली, मधेश प्रदेशका समान १ जना गरि १८ खेलाडीले स्थान बनाएका छन्।
प्रारम्भिक चरणमा परेका खेलाडीको प्रशिक्षण भदौ ८ गतेदेखि सुरु हुनेछ।
काभा यू–२० मेन्स भलिबल च्याम्पियनसिप अक्टोबर ३ देखि ९ सम्म हुनेछ।
प्रारम्भिक चरणमा परेका १८ सदस्यीय टोलीः
312
Shares
प्रतिक्रिया