काभा नेसन्स लिग भलिबल आज (बिहीबार) बाट सुरु भएको छ। दशरथ रंगशालास्थित कभर्ड हलमा भएको उद्घाटन खेलमा नेपालले विजयी सुरुवात गरेको छ।
श्रीलंकालाई सोझो सेटमा पाखा लगाउँदै नेपालले खेल आफ्नो पक्षमा पारेको हो।
श्रीलंकाविरुद्धको एकपक्षीय खेलमा नेपालले २५–१९, २५–१८ र २५–१९ ले सहजै हराएको हो। जितसँगै नेपालले अंक तालिकामा ३ अंक जोडेको छ।
यसअघि सन् २०१९ मा घरेलु मैदानमा भएको १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा सोझो सेटमा नै हराएको थियो।
लिग चरणको दोस्रो खेलमा नेपालले शनिबार भारतविरुद्ध खेल्नेछ।
तस्बिरहरूः
्
345
Shares
प्रतिक्रिया