फ्रान्सको राजधानी पेरिसमा भइरहेको ओलम्पिकको उत्सव पृथ्वीमा मात्र नभई अन्तरिक्षमा समेत मनाइएको छ।
यसै सन्दर्भमा अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा रहेका अन्तरिक्ष यात्रीहरूको भिडिओ सार्वजनिक गरेको छ।
अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) मा हाल ६ जना अन्तरिक्ष यात्री छन्। उनीहरूले अन्तरिक्षमा खुसियाली मनाउँदै मिनी ओलम्पिक पनि आयोजना गरेका थिए।
नासाले आफ्नो आधिकारिक सोसल मिडिया ह्यान्डलमा दुई मिनेटको भिडिओ जारी गरेको छ, जसमा अन्तरिक्ष यात्रीहरू शून्य गुरुत्वाकर्षणमा ओलम्पिकको मजा लिइरहेका छन्।
हेर्नुहोस् भिडिओ-
Let the games begin!
Athletes from across the world are gathering today to kick off the 2024 #Olympics – pushing boundaries and inspiring generations. If you were an Olympic athlete, which sport would you play? pic.twitter.com/mnFC3vpvly — NASA (@NASA) July 26, 2024
207
Shares

प्रतिक्रिया