मालदिभ्समा जारी काभा यू–२० महिला भलिबल च्याम्पियनसिपमा नेपाली युवा टोलीले कास्य पदक हात पारेको छ।
मंगलबार भएको तेस्रो स्थानको खेलमा घरेलु टोलीलाई सोझो सेटमा पराजित गर्दै नेपालले कास्य पदक जितेको हो।
नेपालले आयोजक मालदिभ्सलाई २५–१५,२५–१० र २५–१४ पाखा लगाएको हो। चार टोली सहभागी च्याम्पियनसिपमा घरेलु टोली भने जितविहीन बन्यो।
लिग चरणमा पनि नेपालले मालदिभ्सलाई सोझो सेटमा नै पराजित गरेको थियो।
नेपालले पहिलो खेलमा श्रीलंकासँग ३–१ र दोस्रो खेलमा कीर्गिस्तनसँग सोझो सेटमा पराजित भएको थियो।
सेमिफाइनल खेलमा पनि नेपाल किर्गिजस्तानसँग सोझो सेटमा नै पराजित भएको थियो।
435
Shares
प्रतिक्रिया