पेरिस ओलम्पिक २०२४ खेल्ने खेलाडीलाई नेपाल ओलम्पिक कमिटी (एनओसी)ले किट ब्याग प्रदान गरेको छ।
सातदोबाटोस्थित आफ्नै भवनमा एक कार्यक्रम आयोजना गर्दै एनओसीले पेरिस ओलम्पिक खेल्ने खेलाडी र प्रशिक्षकलाई किट ब्याग प्रदान गरेको हो।
आगामी जुलाई २६ देखि फ्रान्सको राजधानीमा पेरिस ओलम्पिक २०२४ शुरु हुँदैछ। उक्त ओलम्पिकमा नेपालका सात जना खेलाडीले चुनौति प्रश्तुत गर्दैछन्।
एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले ब्याडमिन्टनका प्रिन्स दाहाल, एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ, जुडोकी मनिता श्रेष्ठ र सुटिङकी सुनिता नेपालका साथै उनीहरूका प्रशिक्षकलाई किट ब्याग प्रदान गरेका हुन्।
त्यस्तै टेबल टेनिसका स्यान्टु श्रेष्ठ र पौडीका डुवाना लामा र एलेक्सजेन्डर शाहले पनि पेरिस ओलम्पिकमा चुनौती प्रस्तुत गर्नेछन्।
18
Shares
प्रतिक्रिया