एपीएफ महिला फुटबल टोली एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणमा पट (समूह) तीन मा परेको छ।
च्याम्पियनस लिगको प्रारम्भिक चरणमा सहभागी १६ टोलीलाई तीन समूहमा विभाजन गरिएको छ।
एपीएफ रहेको पट डी मा यूएईको आबुधावी, सिंगापुरको लायन सिटी साइलोर्स, भुटानको रोयल थिम्पु र साउदी अरबको अल नासार रहेका छन्। एपीएफ रहेको पट तीनमा पाँच टोली परेका छन्। पट ३ को खेल दुई स्थानमा हुनेछ।
भुटान र साउदीले खेल आयोजना गर्नेछन्।
पट १ र २ मा भने समान चार टोली छन्। पट १ मा पिएफसी नासाफ, म्यावाडी, वाम खातोन र भारतको ओडिसा रहेको छ। पट २ मा किट्सी एससी, योङ इलाफेन्ट, एत्तिहाद क्लब र सावह एफए रहेका छन्।
प्रारम्भिक छनोट अगष्ट २५ देखि ३१ सम्म हुनेछ। प्रारम्भिक छनोट पार गर्ने तीन समुहका चार टोलीले समूह चरणमा स्थान बनाउनेछन्।
फिफा महिला वरियताको आधारमा आठ टोलीले सिधै समुह चरणमा स्थान बनाएका छन्। समूह चरणका खेलहरू भने अक्टोबर ६ देखि १२ सम्म हुनेछ। समुह चरणका खेलहरु चीन, भियतनाम र थाइल्यान्डमा हुनेछ।
समूह चरणको पट चारमा रहने टोलीमधयबाट एक टोलीले समूह चरणको खेल आयोजना गर्नेछ।
Shares

प्रतिक्रिया