ad ad

खेल


अर्जेन्टिनी फरवार्ड एन्जल डी मारियाले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनी फरवार्ड एन्जल डी मारियाले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

नेपालखबर
असार ३१, २०८१ सोमबार १०:२६, काठमाडौँ

अर्जेन्टिनी फरवार्ड एन्जल डी मारियाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएका छन्। 

सोमबार बिहान भएको कोपा अमेरिकाको फाइनल खेलपछि डी मारियाले औपचारिक रुपमा अन्तर्राष्ट्रिय फुटबलबाट सन्नयास लिएका हुन्। 

उनले कोपाको फाइनलमा सुरुवाती ११ मा स्थान बनाएका थिए। खेलको १ सय १७ औँ मिनेटमा मैदान छाड्दा उनी निकै भावुक देखिन्थे।

गत नोभेम्बरमा नै डी मारियाले कोपा अमेरिकाको फाइनलपछि सन्न्यास लिने घोषणा गरेका थिए। उनले त्यो समयमा नै कोपा अमेरिकामा आफूले अन्तिम पटक टोलीको जर्सी लगाउने बताएका थिए। 

सन् २००७ मा डी मारियाले अर्जेन्टिनी यू २० बाट टोलीमा स्थान बनाएका थिए। सन् २००८ मा सिनियर टोलीमा डेब्यु गरेका डी मारियाले  १ सय ४५ खेलमा ३१ गोल गरेका छन्। 

उनले टोलीका लागि ४ विश्वकप खेलेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .