ad ad

खेल


पोर्चुगललाई हराउँदै फ्रान्स सेमिफाइनलमा, आयोजक जर्मनी बाहिरिँदा स्पेन अन्तिम चारमा

पोर्चुगललाई हराउँदै फ्रान्स सेमिफाइनलमा, आयोजक जर्मनी बाहिरिँदा स्पेन अन्तिम चारमा

नेपालखबर
असार २२, २०८१ शनिबार ८:५४, काठमाडौँ

पोर्चुगललाई टाइब्रेकरमा हराउँदै फ्रान्स युरो कप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ।

शुक्रबार राति भएको क्वार्टरफाइनलको टाइब्रेकरमा पोर्चुगललाई ५–३ गोलअन्तरले हराउँदै फ्रान्स अन्तिम चारमा पुग्न सफल भएको हो।

निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटमा पनि कुनै गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो। 

फ्रान्सले अब मंगलबार हुने सेमिफाइनलमा स्पेनसँग खेल्नेछ। 

गएराति भएकै पहिलो क्वार्टरफाइनलमा आयोजक जर्मनीलाई २–१ गोलअन्तरले हराउँदै स्पेन अन्तिम चारमा पुगेको छ।

निर्धारित समयमा खेल १/१ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। 

खेलको ११९औँ मिनेटमा मिकेल मेरिनोले गरेको गोल नै स्पेनलाई सेमिफाइनल पुग्न निर्णायक बनेको हो। 

अतिरिक्त समयको पहिलो हाफको इन्ज्युरी टाइममा स्पेन १० खेलाडीमा सीमित भयो।

डानी र्कााजल दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिनुपर्‍यो। 

त्यसअघि खेलको ५१औँ मिनेटमा डानी ओल्मोले गरेको गोलमा स्पेनले सुरुवाती अग्रता बनाएको थियो। तर ८९औँ मिनेटमा फ्लोरियन विर्ट्जको गोलमा जर्मनी बराबरीमा आएको थियो। 

युरोकपमा आज राति दुई क्वार्टरफाइनलका खेल हुँदै छन्।

तेस्रो क्वार्टरफाइनलमा इङ्ग्ल्यान्ड र स्विट्जरल्यान्ड तथा अन्तिम क्वार्टरफाइनलमा नेदरल्यान्ड्स र टर्की भिड्नेछन्।

यी दुई खेलका विजेताबीच सेमिफाइनल प्रतिस्पर्धा हुनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .