ad ad

खेल


खेलकुदमन्त्री श्रेष्ठ एक साताका लागि कोरियातर्फ

खेलकुदमन्त्री श्रेष्ठ एक साताका लागि कोरियातर्फ

नेपालखबर
असार १४, २०८१ शुक्रबार २०:५६, काठमाडौँ

कोरिया सरकारको निमन्त्रणामा युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ औपचारिक भ्रमणका लागि आज कोरिया प्रस्थान गरेका छन्।

एक साताको कोरिया भ्रमणमा मन्त्री श्रेष्ठ विभिन्न कार्यक्रमहरूमा सरिक हुनेछन्। एमिनेन्ट दक्षिण एसियाली डिगनिटरिज र नेपाली दूतावासद्वारा आयोजित लगानी सम्मेलनमा सहभागी हुनेछन्।

लगानी सम्मेलनमा सार्वजनिक-निजी साझेदारी (पीपीपी) मोडलमा खेलकुदको भौतिक पूर्वाधार, खेलकुद प्रविधि, टुरिजम र हाइड्रो प्रोजेक्टको विषयमा केन्द्रित हुने मन्त्री श्रेष्ठले बताए।

कोरियन स्पोर्ट्स एन्ड ओलम्पिक कमिटीका अध्यक्ष लि-की हुङ र वर्ल्ड तेक्वान्दो फेडरेसनका अध्यक्ष डा चुङवोङ चावोसँग पनि भेटवार्ताको कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।

कोरियन स्पोर्ट्स एन्ड ओलम्पिक कमिटीसँगको भेटमा आगामी एसियन गेम्सको लागि प्रशिक्षण र प्राविधिक सहयोगको विषयमा चर्चा हुनेछ।

वर्ल्ड तेक्वान्दो फेडरेसनका अध्यक्षसँग दोलखा, शैलुङको हाई अल्टिच्युट ट्रेनिङ सेन्टर निर्माणपश्चात् मान्यताको विषयलाई प्रमुख एजेन्डाको रूपमा राखिएको छ।

यसैगरी कोरियन नेसनल स्पोर्ट्स युनिभर्सिटी भ्रमण र कोरियन एन्टी डोपिङ एजेन्सी काडासँग पनि भेटवार्ताको कार्यक्रम रहेको छ।

मन्त्री श्रेष्ठले आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर भ्रमणको बारेमा जानकारी गराएका थिए। उनका प्रमुख स्वकीय सचिव प्रदीप ज्ञवाली पनि भ्रमणमा सँगै रहेका छन्। भ्रमण पूरा गरेर मन्त्री श्रेष्ठ असार २२ गते नेपाल फर्किनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .