ad ad

खेल


युरो कपबाट बाहिरियो पोल्यान्ड

युरो कपबाट बाहिरियो पोल्यान्ड

नेपालखबर
असार ८, २०८१ शनिबार ७:४, काठमाडौँ

समूह चरणका दुई खेलमा लगातार हार व्यहोरेपछि पोल्यान्ड युरो कप-२०२४ बाट बाहिरिने पहिलो टोली बनेको छ। 

शुक्रबार राति भएको खेलमा पोल्यान्ड अस्ट्रियासँग ३–१ गोल अन्तरले पराजित हुँदै युरो कप २०२४ बाट बाहिरिएको हो। पोल्यान्डले युरोकपमा अब एक खेल खेल्न बाँकी छ। 

तर त्यो खेलमा जित निकाले पनि नकआउट चरणमा पुग्ने सम्भावना छैन। तर युरोकपमा पहिलो जित निकालेको अस्ट्रियाको भने नकआउट पुग्ने सम्भावना जिवितै छ। 

अस्ट्रियाको जितमा गेर्नोट ट्राउनर, क्रिस्टोफ बाउमगार्टनर र मार्को एर्नाउटोभिकले गोल गरे। पोल्यान्डका क्रिस्जटोफ पिएटेकले एक गोल फर्काएपनि टोलीको जितका लागि पर्याप्त भएन।

खेलको नवौं मिनेटमा नै गेर्नोट ट्राउनरको गोलमा अस्ट्रियाले सुरुवाती अग्रता बनाएको थियो। 
तर खेलको ३०औं मिनेटमा क्रिस्जटोफ पिएटेकले गोल गर्दै पोल्यान्डलाई पहिलो हाफमा बराबरीमा ल्याए। 

खेलको दोस्रो हाफमा अस्ट्रियाले २ गोल थपेपछि नकआउट सम्भावना जिवित राखेको हो। खेलको ६६औं मिनेटमा क्रिस्टोफ बाउमगार्टनरले गोल गर्दै अस्ट्रियालाई २–१ को अवस्थामा ल्याए। 

७८औं मिनेटमा मार्को एर्नाउटोभिकले पेनाल्टीमा गोल गर्दै अस्ट्रियाको जित सुनिश्चित गरे। 
जितसँगै समूह डी मा अस्ट्रियाले दुई खेलबाट ३ अंक जोडेको छ। 

समान खेलबाट अंक विहिन पोल्यान्ड अंक तालिकाको पुछारम छ। समान २ खेलबाट नेदरल्यान्ड्स र फ्रान्सको समान ४ अंक छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .