आईसीसी टी–२० विश्वकप अन्तर्गत सुपर ८ मा भारतले अफगानिस्तानमाथि सहज जित निकालेको छ।
बिहीबार राति भएको खेलमा भारतले अफगानिस्तानमभाथि ४७ रनको जित निकाल्दै भारत सुपर ८ मा विजयी सुरुवात गरेको हो।
भारतले दिएको १ सय ८२ रनको विशाल लक्ष्य पछ्याएको अफगानिस्तानले निर्धारित २० ओभरमा १ सय ३४ रन बनाउँदा अलआउट भयो।
अफगानिस्तानका अज्मतुल्लाह अमरजाइले बनाएको २६ रन नै सर्वाधिक रह्यो। नजिबुल्लाह जड्रानले १९ र गुल्बादिन नैवले १७ रन थपे। अन्य ब्याटरले उल्लेख्य प्रर्दशन गर्न सकेनन्।
अफगानिस्तानका ५ ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।
अफगानिस्तानलाई कम स्कोरमा रोक्न अश्रदिप सिंह र जसप्रित बुमराहले समान ३ विकेट लिए। कुलदिप यादवले २ विकेट झारे। अक्षर पटेल र रविन्द्र जडेजाले समान १ विकेट आफ्नो नाममा गरे।
त्यसअघि टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ८१ रनको योगफल तयार पारेको थियो।
भारतका लागि सूर्यकुमार यादवलले अर्धशतक प्रहार गरे। उनले २८ बलमा ५ चौका र ३ छक्का प्रहार गरे।
हार्दिक पाड्याले ३२ रन थपे। विराट कोहली २४ रन बनाउादा क्याच आउट भए। रिसव पन्तले २० रन बनाउँदा कप्तान रोहित शर्मा ८ रनमा क्याच आउट भए।
अफगानिस्तानका फजलहक फारुकी र रासिद खानले समान २ विकेट लिए। नभिन उल हकले एक विकेट लिए।
जितसँगै सुपर ८ को समूहकाे ए मा हेको भारत शीर्ष स्थानमा छ। अफगानिस्तान दोस्रो स्थानमा छ।
Shares
प्रतिक्रिया