सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड क्लबले एएफसी च्यालेन्स कपको प्रारम्भिक चरणमा भुटानको पारो एफसीसँग प्रतिस्पर्धा गर्ने भएको छ।
सिगंल लेगमा हुने खेलको विजेताले सिधै समूह चरणमा स्थान बनाउनेछ।
खेल आगामी साउन २९ गते हुनेछ।
चर्च ब्वाइजले समूह चरणमा स्थान बनाए १ लाख यूएसडी डलर (नेपाली रुपैयाँ १ करोड ३३ लाख) पाउनेछ।
एसियाली फुटबल महासंघले बिहीबार प्रतियोगिता संरचना परिमार्जन गर्दै प्रतियोगिता घोषणा गरेको हो।
होम एन्ड अवेका आधारमा खेलाइने समूह चरणका खेल अक्टोबर २६ र नोभेम्बर २ मा हुनेछ।
42
Shares
प्रतिक्रिया