ad ad

खेल


श्रीलंकासँग नेदरल्यान्ड्स पराजित

श्रीलंकासँग नेदरल्यान्ड्स पराजित

नेपालखबर
असार ३, २०८१ सोमबार १२:१७, काठमाडौँ

आईसीसी टि- ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको समूह ‘डी’ को अन्तिम खेलमा श्रीलंका नेरदल्यान्ड्सलाई पराजित गर्दै विजयी भएको छ। 

सेन्ट लुसियास्थित डारेन शामी राष्ट्रिय क्रिकेट मैदानमा भर्खरै सम्पन्न समूह चरणको आफ्नो अन्तिम खेलमा श्रीङ्लका ८३ रनले विजयी भएको हो। 

जितसँगै समूह ‘डी’ को श्रीलङ्काले चार खेलमा तीन अङ्क जोड्यो। पराजित नेदरल्यान्ड्सको भने समान खेलबाट दुई अङ्क नै छ। यस समूहबाट दक्षिण अफ्रिका र बङ्गलादेश विश्वकपको सुपर आठमा पुगिसकेका छन्।  

श्रीलङ्काले प्रस्तुत गरेको दुई सय दुई रनको विजयी लक्ष्य पछ्याएको नेदरल्यान्ड्स १६ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै एक सय १८ रनमा समेटियो। उसका लागि माइकल लेभिट र कप्तान स्कट एड्वार्डसले समान ३१÷३१ रन जोडे । त्यस्तै म्याक्स ओडोउड र साइब्रान्ड एन्जलब्रेख्तले समान ११÷११ रन बनाए । आर्यन दत्तले १० रन जोडे। 

श्रीलङ्काका लागि नुवान तुसाराले तीन विकेट लिए भने कप्तान वानिन्दु हसरंगा र मथिशा पथिरानाले समान दुई–दुई विकेट लिए। त्यस्तै महेश तिक्क्षणा र डुसान सनाकाले समान एक एक विकेट लिए।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको श्रीङ्लकाले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै दुई सय एक रनको योफफल बनाएको थियो। श्रीलङ्काका लागि कुशल मेन्डिस र चरिथ अस्लंकाले समान ४६÷४६ रनको योगदान दिए।

त्यसैगरी धनन्नजय डी सिल्भाले ३४ रन बनाए भने एन्जेलो म्याथ्युजले अविजित ३०, वानिन्दु हसरंगाले अविजित २० तथा कामिन्दु मेन्डिसले १७ रन बनाए। नेदरल्यान्ड्सका लागि लोगन भान विकले दुई विकेट लिए भने भिभियन किंगमा, आर्यन दत्त, पउल भान मिक्रेन र टिम प्रिन्गेलले समान एक–एक विकेट लिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .