ad ad

खेल


कप्तान रोहित आउट

कप्तान रोहित आउट

फाइल तस्बिर


नेपालखबर
असार ३, २०८१ सोमबार ७:३०, काठमाडौँ

आईसीसी टी–२० विश्वकप अन्तर्गत बंगलादेशविरुद्धको खेलमा नेपाली टोलीका कप्तान रोहित पौडेल आउट भएका छन्। 

नेपालले तेस्रो विकेटका रुपमा पाचौँ ओभरको दोस्रो बलमा कप्तान रोहितलाई १ रनमै गुमाएको हो। 

त्यसअघि नेपालले तेस्रो ओभरमा लगातार दुई विकेट गुमाएको थियो। तेस्रो ओभरको दोस्रो बलमा ओपनर कुशल भुर्तेललाई ४ रनमा गुमाएको नेपालले चौथो बलमा अनिल शाहलाई गुमाएकाे हो। 

बंगलादेशले दिएको १ सय ७ रनको लक्ष्य पछ्याएको नेपालले पाचौँ ओभरको खेल जारी रहँदा ३ विकेटको क्षतिमा २० रन बनाएर खेलिरहेको छ। 

बंगालदेशका लागि तीनवटै विकेट तान्जिम हसन सकिबले लिएका हुन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .