ad ad

खेल


एपीएफले एएफसी महिला च्याम्पियन्स लिग खेल्ने

एपीएफले एएफसी महिला च्याम्पियन्स लिग खेल्ने

नेपालखबर
जेठ ३२, २०८१ शुक्रबार १७:२७, काठमाडौँ

विभागीय टोली नेपाल एपीएफ क्लबले एएफसी महिला च्याम्पियन्स लिग खेल्ने भएको छ।

आगामी अगस्टमा हुने एएफसी च्याम्पियन्स लिगको प्रारम्भिक चरणमा एएफसीेले नेपालको प्रतिनिधित्व गर्नेछ।

राष्ट्रिय महिला लिग २०२२ को च्याम्पियन टोलीको हैसियतमा एपीएफले च्यम्पियनसिप खेल्न लागेको हो।

महिला च्याम्पियनसिप लिगको प्रारम्भिक छनोट अगस्ट २५ देखि ३१ सम्म हुनेछ। समूह चरणका खेलहरू अक्टोबर ६ देखि १२ सम्म हुनेछ। फाइनल खेल सन् २०२५ को मा हुनेछ।

महिला च्याम्पियनसिपमा २२ टोलीले स्पर्धा गनेछन्। सन् २०२४ को मार्च १५ सम्म फिफा महिला वरियताको शीर्ष आठ राष्ट्रका टोलीले सिधै समूह चरणमा स्थान बनाउनेछन्।

अन्य १४ क्लबले भने प्रारम्भिक चरण पार गनुपर्नेछ। चार टोलीको दुई समूह र बाँकी तीन टोलीको दुई समूह बनाइनेछ। चार समूहका विजेताले समूह चरणमा स्थान बनाउनेछन्।

प्रारम्भिक चरणका खेलहरू जोर्डन, मलेसिया, साउदी अरब र थाइल्यान्डमा हुनेछ। समूह चरणका खेल भने चीन र भियतनाममा हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .