ad ad

खेल


प्रधानमन्त्री कप एनभीए भलिबल : गण्डकी र पुलिसको विजय सुरुवात

प्रधानमन्त्री कप एनभीए भलिबल : गण्डकी र पुलिसको विजय सुरुवात

महिलातर्फ ६ र पुरुषतर्फ ८ टोली लिगका स्पर्धामा छन् (तस्बिर : सरोज नेपाल)


नेपालखबर
जेठ १९, २०८१ शनिबार १९:१, काठमाडौँ

गण्डकी प्रदेश भलिबल क्लबले काठमाडौँमा सुरु आठौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिगमा विजय सुरुवात गरेको छ।

त्रिपुरेश्वरस्थित कभर्डहलमा शनिबार भएको पुरुषतर्फको तेस्रो खेलमा विभागीय टोली एपीएफ क्लबलाई ३–१ को सेटमा पराजित गर्दै पहिलो जित निकालेको हो। 

पहिलो सेट २५–२२ ले जित निकालेको गण्डकीले दोस्रो सेट भने १९–२५ ले गुमाउन पुग्यो। तर त्यसपछिका दुई सेट लगातार २५–२० र २५–१९ ले आफ्नो पक्षमा पार्दै पहिलो जित हात पारेको हो। 

आजै भएको दोस्रो खेलमा पुलिस क्लबले सुदुरपश्चिम स्पोर्टस् काउन्सिललाई सोझो सेटमा पाखा लगायो। पुलिस क्लबले सुदुरपश्चिमलाई २५–२०,२५–१५ र २५–१६ ले हरायो। 

हेल्प नेपालले भने, पहिलो सेट २५–२०, दोस्रो सेट २५–१२ ले आफ्नो पक्षमा पारेपनि तेस्रो सेट २७–२९ ले गुमाउन पुग्यो। चौथो सेट २५–२२ ले जित्दै लिगमा विजयी सुरुवात गरेको हो। 

गत चैतमा सम्पन्न आठौँ आरबीबीएभीए भलिबल च्याम्पियनसिपबाट छनोट भएका महिलातर्फ ६ र पुरुषतर्फ ८ टोली लिगका स्पर्धामा छन्।

पुरुषतर्फ हेल्प नेपाल, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, गण्डकी प्रदेश भलिबल संघ, नेपाल एपीएफ क्लब, सुदूरपश्चिम स्पोट्स् काउन्सिल, कोसी प्रदेश र बूढानीलकण्ठ भलिबल क्लब सहभागी छन्। 

महिलातर्फ एभरेस्ट भलिबल क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, चन्द्रागिरि नगरपालिका न्यु डायमन्ड, त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेशले प्रतिस्पर्धा गर्नेछन्। 

महिला पुरुष दुवैतर्फका विजेताले समान ८ लाख तथा उपविजेताले ४ लाख रुपैयाँ पाउनेछन्। 

तेस्रो हुने टोलीले २ लाख रुपैयाँ हात पार्नेछन्। 

दुवैतर्फका सर्वोत्कृष्ट खेलाडीले जनही ५० हजार रुपैयाँ पाउनेछन्। यसैगरी दुवैतर्फका उत्कृष्ट लिबेरो, सरभर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकले जनही २० हजार रुपैयाँ प्राप्त गर्नेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .