ad ad

खेल


सन्दीप लामिछानेलाई भिसा माग्दै काठमाडौँमा प्रदर्शन

सन्दीप लामिछानेलाई भिसा माग्दै काठमाडौँमा प्रदर्शन

अमेरिकी दूतावासले लामिछानेलाई भिसा दिन अस्वीकार गरेपछि बुधबार माइतीघर मण्डलामा गरिएको विरोध प्रदर्शन


नेपालखबर
जेठ १६, २०८१ बुधबार १४:४, काठमाडौँ

क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिका जाने भिसा दिन माग गर्दै बुधबार उनका समर्थकले काठमाडौँमा प्रदर्शन गरेका छन्।

विश्वकप खेल्न जान अमेरिकी दूतावासले लामिछानेलाई भिसा दिन अस्वीकार गरेपछि उनका समर्थकहरूको एक समूहले बुधबार दिउँसो माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो। प्रदर्शनकारीले नेपालको राष्ट्रिय झण्डा बोकेका थिए। उनीहरूले लामिछानेलाई ‘भिसा दे’ भन्दै नाराबाजी पनि गरेका थिए।

सन्दीपलाई भिसा माग्दै बुधबार माइतीघर मण्डलामा गरिएकाे प्रदर्शन

सडकमा एकाएक प्रदर्शनकारीको भिड देखिएपछि सवारी सवारी आवागमनको व्यवस्थापन गर्न ट्राफिक प्रहरीलाई हम्मे परेको थियो।

बलात्कार मुद्दामा उच्च अदातलते सफाइ दिएपछि नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपलाई विश्वकप खेल्न अमेरिका पठाउन पहल गरेको थियो। 

गत जेठ ९ गते अमेरिकी दूतावासले उनलाई भिसा दिन अस्वीकार गरेको थियो। तर यसको कारण गोप्य राखिएको छ। यद्यपि, उनलाई भिसा दिलाउन सरकारको उच्च तहबाटै पहल भइरहेको भनिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .