ad ad

खेल


वेस्ट ह्यामको मुख्य प्रशिक्षकमा जुलेन लोपेटेगुई नियुक्त

वेस्ट ह्यामको मुख्य प्रशिक्षकमा जुलेन लोपेटेगुई नियुक्त

नेपालखबर
जेठ १०, २०८१ बिहिबार १६:४०, काठमाडौँ

वेस्ट ह्यामको मुख्य प्रशिक्षकमा जुलेन लोपेटेगुई नियुक्त भएका छन्। 

लोपेटेगुइले यसअघिका मुख्य प्रशिक्षक डेभिड मोयेसको स्थान लिएका हुन्। उनले क्लबसँग २ वर्षको सम्झौता गरेका छन्। मोयेसले साढे ४ वर्ष क्लबको जिम्मेवारी सम्हालेका थिए। 

स्पेन र रियल मड्रिडका पुर्व प्रशिक्षक समेत रहेका उनले सन् २०२० मा सेभिल्लालाई युरोपा लिग जिताउँदा गत सिजन वुल्भ्सलाई १३ औँ स्थानमा रहेर रेलिगेसनबाट जोगाएका थिए।

गत अगस्टमा वुल्भ्स छाडेपछि ५७ वर्षिय लोपेटेगुई व्यवस्थापकीय भूमिकाबाट बाहिर छन्। 

वेस्टह्यामको मुख्य प्रशिक्षकमा नियुक्त भएपछि उनले भने, ‘सबैभन्दा पहिले यो ठुलो क्लबको हिस्सा बन्न पाउँदा खुसी छु। हामीसँग अन्य अवसरहरु भएपनि क्लबले मलाई र मैले क्लबलाई रोजेको छु, त्यसैले हामी यसबारेमा खुसी छौँ।’

लोपेटेगुइले प्रि–सिजनको सुरुवातमा १ जुलाइबाट आफ्नो काम सुरु गर्नेछन्। प्रिसिजनको सुरुवातमा क्रिस्टल प्यालेस र वुल्भ्सविरुद्धको खेलका लागि टोली दुई साता अमेरिका भ्रमणमा रहनेछ। 

लोपेटेगुईलले वेस्ट ह्यामको टोली सुधार गर्न दुई खेलाडी अनुबन्ध गर्ने प्रयास सुरु गरिसकेका छन्। 

क्लबले फलामेन्गोका २८ वर्षिय ब्राजिलका सेन्टर ब्याक फब्रिसियो ब्रुनो र कोरिन्थियन्सका १९ वर्षीय विंगर वेस्ले गासोभालाई अनुबन्ध गर्न सम्झौतामा छलफल गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .