ad ad

खेल


न्यु डायमन्ड कप यू-१८ खुला महिला भलिबलको उपाधि चन्द्रागिरिलाई (तस्बिरहरू)

न्यु डायमन्ड कप यू-१८ खुला महिला भलिबलको उपाधि चन्द्रागिरिलाई (तस्बिरहरू)

सरोज नेपाल
जेठ ८, २०८१ मंगलबार २२:४३, काठमाडौँ

न्यु डायमन्ड महिला भलिबल टिमको १७ औँ स्थापना दिवस तथा सातौँ भलिबल दिवसको अवसरमा आयोजित पहिलो न्यु डायमन्ड कप यू-१८ खुला महिला भलिबल प्रतियोगिताको उपाधि चन्द्रागिरि नगरपालिका न्यु डायमन्डले जितेको छ।

मंगलबार भएको फाइनलमा चन्द्रागिरि नगरपालिका न्यु डायमन्डले न्यु डायमन्ड एकेडेमीलाई ३–१ को सेटमा पराजित गरेको हो।

पहिलो सेट २०–२५ ले गुमाएको चन्द्रागिरिले त्यसपछिका तीन सेटमा लगातार जित हात पार्‍यो। चन्द्रागिरिले न्यु डायमन्ड एकेडेमीलाई २५–२१, २५–१५ र २५–१३ ले पराजित गर्दै उपाधि हात पारेको हो।

तेस्रो स्थानका लागि आजै भएको खेलमा ज्ञान सुधा एकेडेमीले श्री कृष्ण माविलाई ३–० को सोझो सेटमा पाखा लगायो। ज्ञान सुधाले श्री कृष्ण माविलाई २५–६, २५–१९ र २५–११ ले जित निकालेको हो।

चन्द्रागिरिकी सलिना बुढामगर प्रतियोगिताकै सवोत्कृष्ट खेलाडी बनिन्।

प्रतियोगिताको विधागततर्फ उपाधितर्फ चन्द्रागिरिले बाजी मारेको छ। उत्कृष्ट स्पाइकर न्यु डायमन्डकी जेनिसा विश्वकर्मा, उत्कृष्ट सर्भर ज्ञानसुधाकी ज्यास्मीन रुम्बा घोषित भए।

यस्तै उत्कृष्ट ब्लकर चन्द्रागिरिकी रञ्जना बुढा मगर, उत्कृष्ट सेटर नम्सार रानामगर र उत्कृष्ट डिफेन्डर एञ्जिला प्रधान बने। उत्कृष्ट प्रशिक्षक चन्द्रागिरिकै ललिता नाथ बनिन्।

भलिबल दिवसकै अवसरमा एपीएफ भलिबल क्लबसँग भएको मैत्रीपूर्ण खेलमा न्यु डायमन्ड पराजित भएको छ।

न्यु डायमन्डकै भलिबल कोर्टमा भएको खेलमा एपीएफले २५–१७ र २५–२२ ले खेल आफ्नो पक्षमा पारेको हो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .