खेल


आहा रारा गोल्डकप पुरस्कार राशि २ लाख बढाइयो

आहा रारा गोल्डकप पुरस्कार राशि २ लाख बढाइयो

नेपालखबर
फागुन १०, २०७६ शनिबार ५:५०,

मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगिता आहा रारा गोल्डकपको पुरस्कार रकम बढाइएको छ।

आयोजक सहारा क्लबले शनिबार पोखरामा पत्रकार सम्मेलन गरी प्रतियोगिताको पुरस्कार रकम बढाइएको जानकारी दिएको हो।

यो संस्करणका विजेताले अब १० लाख १ हजार तथा उपविजेताले ५ लाख १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

यसअघि विजेताले ८ लाख १ हजार र उपविजेताले ४ लाख १ हजार रुपैयाँ पुरस्कार पाउने गरेका थिए।

यही फागुन २२ देखि पोखरा रगंशालामा हुने प्रतियोगितामा ए डिभिजनका ७ सहित १० टोलीले प्रतिस्पर्धा गर्ने सहारा क्लबका अध्यक्ष केशव थापाले जानकारी दिए।

प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन रुस्लान थ्रीस्टार र उपविजेता त्रिभुवन आर्मीसहित नेपाल आयल निगम मनाङ मस्र्याङ्दी क्लब, ब्रिगेड ब्वाइज, नेपाल पुलिस क्लब, एपीएफ क्लब र संकटा क्लब सहभागी छन्।

यस्तै झापा–११, गान्टोक सिटी फुटबल क्लब भारत र आयोजक सहारा क्लबसहित १० टोलीले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा यो वर्ष पनि सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान २०७६ बाट एकजना राष्ट्रिय खेलाडीलाई नगद ३५ हजार, प्रमाणपत्र र दोसल्लाले सम्मान गरिनेछ।

प्रतियोगिताका सञ्चालन गर्न ९९ लाख ३८ हजार ५ सय रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। १ करोड १८ लाख १ हजार रुपैयाँ आम्दानी हुने अपेक्षा आयोजकले गरेको छ।

क्याराभान गोल्डकपसहित विगत १९ वर्षदेखि सञ्चालन भइरहेको प्रतियोगिताको बचत रकम सहारा फुटबल एकेडेमीका लागि खर्च गरिनेछ।

तेस्रो ब्याचको एकेडेमीमा १४ जिल्लाका २४ जना बालक आश्रित छन्। २०७० सालदेखि पोखराको दोविल्लामा सञ्चालित एकेडेमीले आवासीय रूपमा निःशुल्क शिक्षा, स्वास्थ्यलगायत फुटबल प्रशिक्षणसमेत दिने गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad