ad ad

खेल


टोटनह्याम पराजित, म्यानचेष्टर सिटी उपाधि नजिक

टोटनह्याम पराजित, म्यानचेष्टर सिटी उपाधि नजिक

नेपालखबर
जेठ २, २०८१ बुधबार ७:३, काठमाडौँ

टोटनह्याम हट्स्परलाई पराजित गर्दै म्यानचेष्टर सिटी लगातार चौथो पटक इङिलस प्रिमियर लिगको उपाधि नजिक पुगेको छ। 

गएराति टोटनह्यामको घरेलु मैदानमा भएको खेलमा २–० को जित निकाल्दै सिटीले लगातार चौथो पटक उपाधि उचाल्ने सम्भावना थप बलियो बनाएको हो।  

उपाधिका लागि जित्नै पर्ने दबाबमा रहेको खेलमा सिटीले दोस्रो हाफमा आक्रामक खेल प्रस्तुत गरेको थियो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा मात्र गोल सम्भव भयो। 

खेलको ५१ औँ मिनेटमा एर्लिङ हालान्डको गोलमा सिटीले सुरुवाती अग्रता लिएको थियो। खेलको इन्ज्युरी समयमा हालान्डले पेनाल्टीमा गोल गर्दा सिटीले २–० को जित दर्ता गरेको हो। 

प्रिमियर लिग इतिहासमा अहिलेसम्म कुनै टोलीले लगातार चारपटक उपाधि जित्न सकेको छैन। सिटी त्यो इतिहास रच्ने दाउमा छ। 

पेप ग्वार्डिओलाको टोलीले आइतबार इतिहाद स्टेडियममा वेष्ट ह्यामलाई पराजित गरे लिगको उपाधि उचाल्नेछ। सोही दिन आर्सनलले भने एभर्टनसँग खेल्नेछ। 

जितसँगै सिटीले दोस्रो स्थानको आर्सनललाई २ अंकले पछि पारेको छ। सिटीले ३७ खेलबाट २७ खेलमा जित, ७ खेलमा बराबरी र ३ खेलमा हार भोग्दै ८८ अंक बनाएको छ। 

समान खेलबाट आर्सनलले भने २७ खेलमा जित, ५ खेलमा बराबरी र ५ खेलमा हार भोग्दै ८६ अंक बनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .