ad ad

खेल


खेलकुदमन्त्री श्रेष्ठ भन्छन् : खेलाडीले पुरस्कार रकम छिट्टै पाउँछन्

खेलकुदमन्त्री श्रेष्ठ भन्छन् : खेलाडीले पुरस्कार रकम छिट्टै पाउँछन्

नेपालखबर
चैत १५, २०८० बिहिबार २०:४२, काठमाडौँ

युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले खेलाडीहरूले पुरस्कार रकम छिट्टै पाउने बताएका छन्।

बिहीबार सामाजिक सञ्जालमा भिडिओ सन्देश राख्दै उनले लामो समयदेखि राष्ट्रिय खेलाडीहरूले नपाएको पुरस्कारप्रति ध्यानाकर्षण भएर प्रधानमन्त्री र अर्थमन्त्रीसँग आज भेटघाट गरी यस विषयमा कुरा राखेको जानकारी दिएका छन्।

उनले छिटै सो पुरस्कार खेलाडीलाई वितरण गर्ने आश्वासन दिएका छन्।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले क्रिकेट खेलाडीका लागि घोषणा गरेको पुरस्कारबापतको रकम उपलब्ध गराउन सरकारसँग माग गरेका थिए।

एसीसी प्रिमियर कप खेल्ने क्रिकेट टोलीका लागि बिहीबार बिहान काठमाडौँमा आयोजित बिदाइ कार्यक्रममा कप्तान पौडेलले सरकारले विभिन्न पुरस्कार घोषणा गरेको तर त्यसबापतको पूरा रकम आउन बाँकी रहेको बताएका थिए।

खेलकुदमन्त्री श्रेष्ठ उपस्थित बिदाइ कार्यक्रममा उनले भने, ‘सरकारले पुरस्कारबापत घोषणा गरेको रकम सबै प्राप्त भएको छैन, त्यो चाँडो उपलब्ध गराइदिन हुन अनुरोध छ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .