खेल


नेपाललाई आयरल्यान्ड ‘ए’ले दियो १२२ रनको मध्यम लक्ष्य

नेपाललाई आयरल्यान्ड ‘ए’ले दियो १२२ रनको मध्यम लक्ष्य

तस्बिर : सरोज नेपाल


नेपालखबर
चैत १२, २०८० सोमबार १४:४२, काठमाडौँ

नेपाल भ्रमणमा रहेको आयरल्यान्ड वुल्भ्सको ए टोलीले टी–२० आई सिरिजको पहिलो खेलमा नेपाली टोलीसामु जितका लागि १ सय २२ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको आयरल्याण्डले निर्धारित २० ओभरमा१ सय २१ रन बनाउँदा अलआउट भयो। 

आयरल्यान्डका लागि ओपनर तथा विकेट किपर स्टेफन डोहिनीले बनाएको ४६ रन नै सर्वाधिक रह्यो। ३९ बलमा ४ चौका र २ छक्का प्रहार गरेका स्टेफन चौथो ओभरको पहिलो बलमा कुशल भुर्तेलको बलमा दिपेन्द्र सिंह ऐरिको हातबाट क्याच आउट भए। 

लियम म्याकार्टीले १६ रन बनाउँदा ललित राजवंशीको बलमा एलबीडब्लु धरापमा परे। थोमस मयस १६ रन बनाउँदा रन आउट हुन पुगे। 

फियोन ह्यान्डले ११ रन बनाउँदा कुशल भुर्तेल कै बलमा दिपेन्द्रको हातबाट क्याच आउट भए।  

अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। 

नेपालका लागि गुल्सन झा, कुशल भुर्तेल र ललित राजवंशीले समान २ विकेट लिए। करण केसी र कुशल मल्लले समान एक विकेट आफ्नो नाममा गरे। 

नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .