खेल


ए डिभिजन लिगः थ्री स्टारद्वारा च्यासल पराजित

ए डिभिजन लिगः थ्री स्टारद्वारा च्यासल पराजित

नेपालखबर
फागुन २, २०७६ शुक्रबार १०:५६,

रुस्लान थ्री स्टार क्लबले आठौँ जित दर्ता गदै कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको सुखद अन्त्य गरेको छ। लिगको आफ्नो अन्तिम खेलमा च्यासल युथ क्लबलाई २–० ले हराउँदै थ्री स्टारले लिग सकेको हो।

थ्री स्टारको जितमा दोस्रोे हाफमा भारतीय खेलाडी लाल रमाविया र अनन्त तामाङले गोल गरे। च्यासललाई हराएपछि थ्रीस्टार २६ अंकका साथ तेस्रो स्थानमा उक्लेको छ।

तर, मनाङ मस्र्याङ्दी क्लब आजै हुने अर्को खेलमा विजयी भएमा थ्री स्टार पुनः चौथो स्थानमा झर्नेछ। थ्री स्टारले १३ खेलमा ८ जित, २ बराबर र ३ खेलमा हार व्यहोरेको थियो। आफ्नो अन्तिम खेल अघि मनाङको २५ अंक छ। मनाङले आज जाउलाखेल युथ क्लबको सामना गर्दै छ।

सातदोबाटोस्थित एन्फा मैदानमा शुक्रबार भएको खेलमा रमावियाले ७०औं मिनेटमा गोल गर्दै थ्री स्टारलाई अग्रता दिलाएका थिए। दिपेश घलेलाई अभिषेक लिम्बुले फउल गरेपछि निशान खड्काले प्रहार गरेको फ्रिकिकलाई लाल रमावियाले हेड गोल गरे।

इन्जुरी समयको तेस्रो मिनेटमा अनन्त तामाङले पेनाल्टीमा गोल गर्दै थ्रीस्टारको अग्रतालाई दोब्बर पारे। लालरमावियालाई छिरिङ गुरुङले पेनाल्टी बक्समा लडाएपछि थ्रीस्टारले पेनाल्टी पाएको थियो।

आठौं मिनेटमा मिक्छेन तामाङको कर्नरमा अनन्तको हेडरलाई ९० दिनको निलम्बन फुकुवापछि फर्केका दिनेश राजवंशीले गोल लाइनबाट बचाउँदा थ्री स्टारले अग्रता बनाउन सकेन र खेल सकियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad