टी–२० आई त्रिकोणत्मक सिरिजअन्तर्गत नामिबियाविरुद्ध जारी खेलमा नेपालले कप्तान रोहित पौडेललाई पनि गुमाएको छ।
२४ बलमा ३ चौका र ३ छक्का हानेका कप्तान रोहित ४२ रन बनाउँदा जान निकोल लोफ्टी-इटोनको बलमा जान फ्रेलिंकको हातबाट क्याच आउट भए।
कुशल मल्ल २७ रनमा नटआउट छन्। क्रिजमा दीपेन्द्रसिंह ऐरी आएका छन्।
त्यसअघि नामिबियाका रुवेन ट्रम्पलम्यानले नेपालका दुवै ओपनरलाई पेभेलियनको बाटो देखाएका थिए।
ओपनर आशिफ शेख ६ रन बनाउँदा क्याच आउट भए। त्यसअघि ओपनर कुशल भुर्तेल इनिङस्को पहिलो बलमा नै आउट भए। ट्रम्पलम्यानले ओपनर कुशललाई पहिलो बलमा नै एलबीडब्लु धरापमा पारे।
नामिबियाले दिएको २ सय ७ रनको विशाल लक्ष्य पछ्याएको नेपालले आठौँ ओभरको खेल जारी रहँदा ३ विकेट गुमाएर ७७ रन बनाएर खेलिरहेको छ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नामिबियाले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २ सय ६ रनको योगफल तयार पारेको थियो।
Shares
प्रतिक्रिया